जनादेशले परमादेश ढल्छ, चुनावपछि ओलीको नेतृत्वमा एमालेको सरकार बन्छ : बिष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने उदघोष गर्नुभएको छ ।

जिल्ला कमिटी बझाङले सदरमुकाम चैनपुरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले आगामी चुनावमा एमालेको बहुमत आउने र केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने बताउनु भएको हो । उपाध्यक्षे पौडेल अहिलेको सरकार परमादेशबाट सञ्चालित भए पनि आगामी चुनावमा जनादेशबाट पुनर्स्थापना गरिने बताउनु भयो । पौडेलले देशको विकासका लागि एमाले सरकारको विकल्प नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान, तर अर्बका आएका छन, छैनन् । तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।

‘अध्यक्ष ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्ला कोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उहाँले स्मरण गर्नुभयो । एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उपाध्यक्षे पौडेलको भनाई थियो । अहिले चैनपुर ताक्ला कोट सडक अवरुद्ध भएको भन्दै उहाँले एमाले सरकार आएपिछे यसलाई पुनः सुचारु गर्ने बताउनु भयो ।

उहाँले अब कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न नसक्ने बताउनुभयो । ‘एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भन्नुभयो, ‘उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छ ? उनीहरू भन्ने छन्– छैन ।