सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले एक कार्यक्रमका बीच इन्डोस्कोपी सेवा सुरु गर्नुभएको छ । बिहीबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलले रिवन काटेर इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नु भएको हो ।
अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बिच पोख्रेलले अस्पतालले सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश सरकारको सहयोगमा इन्डोस्कोपी सेवा सुरु भएको र त्यसका निम्ती तत्कालिन प्रदेश प्रमुख डोरमणी पौडेलको कार्यकालमैं प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।
उहाँले इन्डोस्कोपी गर्दा शुल्क १५ सय निर्धारण गरिएको जानकारी दिनुभयो । जिल्ला बासिलाई सर्वसुलभमा सेवा अस्पतालले प्रदान गर्दै आएको बताउनुभयो । सवैको साथ र सहयोगले सिन्धुली अस्पतालले सेवाहरू एक पछि अर्को विस्तार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।










