मरिण गाउँपालिका ६ का वडा अध्यक्ष कुर्साङ लामाको सोमबार निधन भएको छ । ४३ वर्षीय लामाको मस्तिष्क घातका कारण निधन भएको हो ।
कार्यकक्षमा नै रहनु भएका लामा सोमबार दिउँसो अचानक ढलेपछि कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
लामा नेकपा माओवादीबाट २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो । स्वर्गीय लामाको पार्थिवशरिरलामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामको आमा बुबा श्रीमती र पाँच भाइ छोरा रहेका छन् ।
यसैबिच मरिण गाउँपालिकाले मङ्गलवार स्थानीय शोक बिदा दिने भएको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले वडा अध्यक्षको असामयिक निधन भएपछि स्थानीय शोक बिदा दिएको हो ।