कमलामाई नगरपालिका वडा नं. १३ रानीवासकी ६९ वर्षीया राधिका बख्रेलले कमलामाई नगररपालिका कार्यालयका तर्फबाट जेष्ठ नगारिकहरुलाई दिईँदै आएको सेवाहरुबाट आफु निकै हर्षित भएको बताउनुभयो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत जेष्ठ नगारिकहरुको दाँत हालिदिने कार्यक्रमले आफुजस्ता दर्जनौं नारिकहरुले गाउँ गाउँमा सिंहदरवार आएको अनुभूति गरेको उल्लेख गर्नुभयो ।
दाँत राखिएका जेष्ठ नागरिकहरुसँगको अन्र्तक्रियामा सहभागीता जनाउन रानीवासबाट आउनुभएकी उहाँले अहिलेका मेयर जस्तो जनप्रिय काम गर्ने कहिल्यै नआएको बताउनुभएको थियो । उहाँले निर्वाचनका बेला तपाईहरुका निम्ती मैंले देखिनेगरी काम गर्छु भन्नुभएको थियो, नभन्दै राम्रा काम गर्नुभयो, हामीहरु फेरी पनि पनि तपाईलाई मेयर भएको देख्न चाहान्छौं, सहभागीहरुका बीच आफुलाई लागेको कुरा प्रष्ट पार्नुभयो । बख्रेलको कुरा सुन्न भएका नगरप्रमुख खड्गवहादुर खत्री सामुन्ने रहेपनि मुसुमुस हाँसिरहनु तर कुनै प्रतिक्रिया जनाउनु भएन ।

कार्यक्रम स्थलमा भेटिनु भएका कमलामाई नगरपालिका वडा नंं ५ निवासी ७७ वर्षीया तेजवहादुर थापालाई तपाईलाई दाँत राखिएपछि कस्तो महशुस गरिरहनु भएको छ भन्ने जिज्ञासामा भन्नुभयो– सातु पानीमा हालेर खाईरहेका हामीहरुलाई मकैं भटमास खाने अबस्थामा फकाई दिनुभयो, हामी कमलामाई नगरपालिका र नगरप्रमुख प्रति आभारी भएका छौं, गाउँ र टोल छिमेकले बुढा बुढी भए भनिएका हामीहरु अहिले तन्नेरी बनेका छौं ।

‘हाम्रा लागि घर परिवारका सदस्यबाट गर्नु पर्ने कर्तव्य कमलामाई नगरपालिकाको तर्फबाट पुरा गरिदिनुभयो, हामी सबैका तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छौं,’ छलफल कक्षमा जुरुक्क उठेका खड्गवहादुर थापाले भन्नुभयो । मैंले त मासुको झोल मात्रै खाने गरेको थिएँ, तर अहिले त मासुनै खान थालेको छु, उनले हँसिलो मुद्रामा भने ।
कमलामाई नगरपालिका भित्रका ७० वर्ष माथिका १ सय ८५ जना जेष्ठ नागरिकलाई दाँत राखिएको स्वास्थ्य शाखाका केमवहादुर थापाले जानकारी दिनुभयो । उहाँले यसका लागि नगरपालिकाका तर्फबाट २० लाख रुपैयाँ बिनियोजन गरेको बताउँदै अहिले दाँत राखिदिनु प¥यो भन्दै आउने जेष्ठ नागरिकहरुको संख्या निकै बढेको कार्यक्रममा उपस्थित नगरप्रमुख खत्री, उपप्रमुख मञ्जु देवकोटा र प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल समक्ष सुनाउनुभयो ।

दाँत राखिएका तीन दर्जन जेष्ठ नागरिकहरुलाई स्वागत गर्नुभएकी नगर उपप्रमुख मञ्जु देवकोटाले नगरपालिका जेष्ठ नागरिकहरुको रक्षाका निम्ती अत्यन्त जिम्मेवार ढंगले काम गरिरहेको बताइरहँदा उपस्थित जेष्ठ नागरिकहरुले ताली बजाईरहेका थिए ।

जेष्ठ नागरिकहरुको अनुभवहरु सुनिसकेपछि नगरप्रमुख खत्रीले भन्नुभयोः जेष्ठ नागरिकहरुलाई दाँत राख्नका लागि हामीले बिनियोजन गरेको रकम अपुग भएछ भन्ने कुरा हामीले महशुस गरेका छौं, त्यही भएर केही रकम फेरी थप जेष्ठ नागरिकका लागि दाँत राख्नका लागि छुट्याएका छौं, त्यसबाट अन्य बुबा आमाहरुले पनि सुविधा लिन सक्नुहुनेछ ।
उहाँले अगाडि भन्नुभयोः निर्वाचनका बेला मैंले तपाईहरुसँग भोट माग्न जाँदा भनेको थिएँ, आज त्यही कुराको थालनी गरेको छु, अब यसलाई अझ बढाउँदै लैजानु पर्छ ।
‘दाँत राख्ने मात्रे होइन, कमलामाई नगरपालिका जेष्ठ नागरिकको स्वास्थ्य जस्ता विषयमा पनि अत्यन्त संवेदनशिल बनिरहेको छ , हामीले हर्निया र मोतिया बिन्दु जस्ता रोगको पनि निःशुल्क अपरेशन गरिरहेका छौं’ नगरप्रमुख खत्रीले अगाडि भन्नुभयो ।

सिन्धुलीका नौं स्थानीय तह मध्ये कमलामाई नगरपालिकाले मात्रै जेष्ठ नागरिकलाई केन्द्रमा राखेर मोतिबिन्दु र हर्नियाको निःशुल्क अपरेशन गरिरहेको छ भने उहाँहरुलाई दैनिक १ लिटर दुध निःशुल्क रुपमा उपलव्ध गराएको छ । (साभारः कमलामाई फिचर सेवा)