सिन्धुली/प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको सिन्धुलीमा भएको प्रथम जिल्ला सम्मेलनले धनजंग थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।
सिन्धुलीको कमकलामाई पार्टी प्यालेसमा आयोजित जिल्ला सम्मेलनले २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको कार्यक्रमको संयोजन गर्नुभएका अधिकारकर्मी बिजय तामाङले जानकारी दिनुभयो । कार्यक्रममा नेपा एमालेकी केन्द्रीय सदस्य उमादेवी कोइराला, कमलजंग राई, जिल्ला अध्यक्ष रामकुमार कार्की, सचिव नरायण बराल, जिल्ला कमिटी सदस्यहरु देवराज वाइवालगायतका नेताहरुको उपस्थिति रहेको थियो । स्मरणीय छ, नवनिर्वाचित अध्यक्ष थापा सन्देश जनप्रिय साप्ताहिकमा आवद्ध हुनुहुन्छ । हामी उहाँको सफल कार्यकालको कामना गर्दछौं ।

