एमसीसीको व्याख्यात्मक टिप्पणी सहित पास गर्नु भनेको आफ्नो जमिन विक्रि गरेर ६ महिना भित्र फलानोले फिर्ता गर्ने छ भने जस्तै: अध्यक्ष लिङदेन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काग्रेसले देशमा लामो समय सम्म राज्य सत्ता सम्हालेको भएपनि अहिले सम्म हामिले यो काम नेपाली जनतालाई देखाउन सकेका छैनन । अरु दल एमाले र माओवादीले पनि देश विकास गर्न नसकेको उनले बताए । अहिलेको एमसीसी व्याख्यात्मक टिप्पणी सहित पास गर्नु भनेको आफ्नो जमिन विक्रि गरेर परिवारका सदस्य बसेर ६ महिना भित्र फलानोले फिर्ता गर्ने छ भन्नु जस्तै हो उनले भने ।
नेपालका तीन राजनीतिक दलहरुले विकास गर्नु भनेको साढेको टाङमुनि बाल्टिन थापेर दुध दिएन भन्नु यस्तै हो । साढेलाई जति घाँस हालेपनि,दाना खुवाएपनि दुध दिने वाला छैन, यस्तै अहिलेको सरकारले पनि जति बर्ष सरकार चलाएपनि देश विकास गर्ने छैनन,उनले दावि गरे । उनले नेपाली काग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरवहादुर देउवालाई कति पटक र कति बर्ष प्रधानमन्त्री बनाउदा देशको विकास हुन्छ भनेर नेपाली जनताले सोध्नु पर्ने बताए । उनीहरुलाई कुनै पनि किसिमले सत्ताबाट हटाउन नसक्ने भन्ने जुन भ्रम छ, त्यसको उत्तर चुनावमा दिनु पर्ने बताए । लिङ्देनले राजाको डर देखाएर जनतालाई मूर्ख नबनाउन कांग्रेस, एमाले र माओवादीलाई चेतावनी दिएका छन् । 
अहिलेको सरकारले एमसीसिबाट आएको रकमले यस्तो गर्छु उस्तो गर्छु भन्ने नेपाली जनतालाई भ्रममा राख्नु मात्र हो, यो रकमले केही किलोमिटर विद्युत लाईन विस्तार भन्दा बाहेक केही हुने वाला छैन, यसले नेपाललाई भन्दा भारतलाई सहयोग पुग्ने उनले बताए । नेपालमा उत्पादन भएको विद्युत भारत सम्म लाईन जोडिने भएकाले यसको लागी भारतले नै लगानी गर्ने भएपनि अहिलेको सरकारले यसलाई गलत व्याख्या गर्दै नेपाली जनतालाई भ्रममा राखेको लिङदेनले बताए ।
उनले अहिलेका तीन दल फरक नभए र उक सिक्काका दुई पाटा मात्र भएको बताए । उनीहरुको कार्यालय र साईनबोर्ड मात्र फरक भएकाले सडकमा वा नागरिकको अगाडी झगडा गरेको जस्तो गरेपनि लुटि खाने विषयमा उनीहरु एक जुट हुने लिङदेनले दाबि गरे ।