कार्यकालको अन्त्यमा नगरप्रमुख खत्रीद्धारा पार्कभित्र विपी र पुष्पलालको शालिक अनाबरण

सिन्धुलीको कमलामाई नगरपालिका ६ माढीबजार स्थित बि।पि।पुष्पलाल स्मृति पार्कमा रहेको बि।पि।कोइराला र पुष्पलाल श्रेष्ठको सालीकको अनावरण गरिएको छ । पार्कभित्र रहेको नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बि।पि। कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको अर्धकदको सालिकको कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले आज एक कार्यक्रमका बिच अनावरण गर्नुभएको हो।
शहरी तथा वातावरणीय सुधार परियोजना अन्तर्गत २०६७ साल देखि निर्माण गर्न सुरु गरिएको उक्त पार्कमा बि।पि। र पुष्पलालको शालिकको बिचमा नेपालको राष्ट्रिय झण्डा राखीएको छ । पार्कको अगाडी पट्टी २ वडा पानीको फोहोरा, वरपर बिभिन्न जातका फुलहरु, मानीसहरु बस्नको लागि बस्ने स्थान समेत रहेको छ ।

No description available.

पार्क निर्माणको लागि शहरी तथा वातावरणीय सुधार परियोजना बाट, वातावरण बिभागबाट र कमलामाई नगरपालिका बाट बिनियोजित बजेट बाट ८५ लाख ९५ हजार ८ सय ८३ रुपैया ६२ पैसामा पार्क निर्माण सम्पन्न भएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकशेन ढकालले जानकारी दिनुभयो । पार्कमा भएका फुल बगैंचा हेरचाह गर्न, पानीका फोहोरा हरुलाई नियमित संचालन गर्न तथा बेलुका बत्तीको ब्यवस्था गर्न कर्मचारीको ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले जिल्लाको सबै राजनितिक दलहरुसंगको छलफल बाट निर्णय गरि उक्त पार्क निर्माण गरेको बताउनुभयो । राजनितिक रुपमा अल्प बिरोध हुने भए पनि हामीले सामुहिकतालार्य जोड दिन सकेनौ र हाम्रा राजनितिक नेताहरुलाई सम्मान गर्न सकेनौ भने राजनितिको गती नहुने उहाँको भनाई छ । त्यसैले राजनितक सहकार्य र सहमतिको साथ हरेक निर्णय गर्दा सबैलाई राखेर सहमती र सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मन्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका प्रमुख प्रासकिय अधिकृत बिशकसेन ढकाल, नेपाल रेडक्रस सोसाइटकिा सभापति अशोक श्रेष्ठ, सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोख्नेल जिल्लाका बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी लगायतको उपरुिथती रहेको थियो।

No description available.

तत्कालिन उपप्रधानमन्त्री एवम् एमालेका नेता इश्वर पोखरेलले प्रमुख अतिथिका रुपमा उक्त पार्क उद्घाटन गर्ने कार्यक्रमलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले रोकेका थिए । आजको अनाबरण कार्यक्रममा पहिला विरोध गर्ने दलहरु कांग्रेस र माओवादी केन्द्रका जिल्ला नेतृत्वलाई अतिथीका रुपमा निमन्त्रणा गरिएपनि उपस्थित भएका थिएनन् ।
आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा नगरप्रमुख खड्गवहादुर खत्रीले एउटा राम्रो कामका रुपमा .पार्क निर्माणलाई पनि लिएको देखिएको छ । स्मरणीय छः नेपालका १० उत्कृष्ठ नगरपालिका मध्ये सिन्धुलीको कमलामाई नगरपालिका ७ औ. स्थानमा रहेको छ ।

No description available.