नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयमा क्रान्तिकारी टोपलिएको भए सभामुख र सरकार दुवै जाने बताएका छन । उलने तत्कालिन प्रधानसेनापति रुकमाङगत कट्वाललाई पदच्यूत गर्न लाग्दा बढी क्रान्तिकारी वन्दा सरकारबाट राजीनामा दिनु परेको स्मरण गर्दै त्यही गल्ति देखि माओवादी ओरोलो लागेको बताए ।
नेकपा माओवादी केन्द्र सिन्धुलीको नबनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन । उनले अहिले पनि एमसिसिको विषयलाई लिएर कार्यकर्ता र नेपाली जनताबाट पास नगर्ने बरु सत्ताबाट बाहिरीन सुझाव र दबाब आएको भएपनि यसले पार्टी झन ओरोलो लाग्ने तर्फ सचेत भएकाले व्याख्यात्मक टिप्पर्णी मार्फत एमसिसी पास गरेको उनले बताए । व्याख्यात्मक टिप्पर्णी संसदबाट अनुमोदन भएकाले यसले कानु्नी रुप लिने उनले दबि गरे ।
व्याख्यात्मक टिप्पणीले नेपाली जनतालाई अधिकार दिलाएको उनले बताए । संसदबाट पास भएको व्याख्यात्मक टिपण्णीले अन्र्तराष्ट्रिय अदालतमा समेत मान्यता पाउने भएकाले यसको अर्थ रहेको उनले बताए । यदी एमसीसि पास नगरेको भए प्रतिक्रियाबादीहरु सल्वलाउने खतरालाई पनि आफुहरुले मध्यनगर गरेको उनले बताए ।
अहिले अब तत्काल स्थानीय तहको निर्वाचन आएकाले यो निर्वाचन माओवादी पार्टीको लागी गरकी मरको अवस्थामा रहेको बताए । उनले यस कार्यक्रमबाट गएर सवै नागरिकको घरघरमा पुगेर माफि माग्दै विगतमा हामिले केही गल्ति ग¥यौँ , अब हामि यस्तो गल्ति दोहो¥याउदैनौ भन्ने प्रतिवद्धता सहित जनताको माझमा जान उनले कार्यकर्तालाई आग्रह गरे । उनले कार्याकर्तालाई युद्धको समयमा जस्तो आफुले तत्कालिन नेकपाको सरकार विघट्न गर्दै आफुहरुले नै शेरवहादुर देउवालाई बुढालिनकण्ठ पुगेर प्रधानमन्त्री वन्न आग्रह गरेको प्रचण्डले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य हरीबोल गजुरेल, नेपाली काग्रेसका जिल्ला सभापति उज्वल पोखरेल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष सुर्य पाख्रिन लगायनले सम्बोधन गरेका थिए । माओवादी केन्द्रका जिल्ला संयोजक रामकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीकी प्रदेश कमिटि सदस्य सविता कोईरालाले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको संचालन जिल्ला ईन्चार्ज राजन दाहालले गरेका थिए ।










