अमेरिका र रुस बिच युक्रेनको सवालमा घम्साघसी सुरु भएको छ,यद्यपि अमेरिकाले यो लडाइँमा प्रत्यक्ष फौज परिचालन गर्ने आट गर्न सकेको छैन । तर युक्रेनलाई विभिन्न किसिमका हातहतियार दिएर, रुसमाथि प्रतिबन्ध लगाएर गलाउने र कमजोर पार्ने रणनीति अघि सारे पनि रुसले त्यसलाई बाल मतलब गरेको छैन ।
यो लडाइँ रुस र युक्रेन बिचको मात्रै होइन ,रुस र समस्त पश्चिमा पुुँजीवादी युरो–अमेरिकन धुरीका साम्राज्यवादी शक्ति माँझको लडाँई हो, युक्रेनी राष्ट्रपती भोलोदिमिर जेलेन्सकीले देशभक्त युक्रेनी शासक नभएर केवल अमेरिकी दलाल र कठपुतली शासक मात्रै हुन् । त्यसैको सन्काहा नितिको कारण हजारौ निर्दोष युक्रेनी नागरिकहरुको हताहती हुँदैछ ।
कुनै पनि देशका असल शासकको काम भनेकै आफ्नो देश र जनताको सर्वांगिण विकास र शुरक्षा गर्नु हो । तर जेलेन्सकीले रुसलाई बर्बाद पार्न नाटो र एमसिसि पास गरेर अमेरिकाको गोटी बन्दा युक्रेन भिषण आक्रमण र बरबादीको केन्द्र बन्न पुग्यो । उसलाई उक्साउने अमेरिकी साम्राज्यवाद र पश्चिमा पुजीवादी मुलुकहरु रुससंग सिधा टक्कर लिन असमर्थ देखिएका छन् ।
नेटोलाई युक्रेनमा नभित्र्याउन रुसले बारम्बार गरेको आग्रहलाई कमजोरी ठान्ने युक्रेनी कठपुतली सरकार र मुलत जेलेन्सकी नै युक्रेनको बरबादीको प्रमुख कारण हुन् भन्ने कुरा प्रमाणित भई सकेको छ । यसलाई युक्रेनी सार्वभौमसत्ताको प्रश्न हो भन्नेहरुले के बुझ्नु पर्छ भने रुसले आफ्नो सम्मानपूर्ण अतीत र शुरक्षित भविष्यको ग्यारेन्टीको लागि युक्रेनसम्म नेटोको विस्तारलाई रोक्न विशेष सैन्य कारबाहीको घोषणालाई कुनै पनि हालतमा अस्वीकार गर्न सकिदैन । किनकी रुस बर्बाद हुनु भनेको वैश्विक शान्ति र अखण्डताको अन्त्य हुनु हो । जुन रुसको मौजुदा सामरिक तथा आर्थिक सामथ्र्यले अस्विकार गर्दछ । तिनहप्ता देखि जारी यो लडाइँ लामो हुनुमा युक्रेनको सेना अब्बल नभएर बरु युक्रेन भित्र लुकेर लड्ने नेटो फौजका दस्ता र उसले पठाएको सैन्य उपकरणको कारण हुन सक्ने सैन्य विशेषज्ञहरूको राय छ । अर्कोतर्फ गैरसैनिक नागरिकलाई साम्राज्यवादी पिछलग्गु शासक जेलेन्सकीले जबर्जस्ती हतियार भिराएर मानव ढालको रुपमा प्रयोग गरिरहेकाले पनि रुसले गैरसैनिक नागरिकको हताहती कम होस भनेर लडाइँलाई लम्ब्याउने रणनीति अख्तियार गरेको देखिन्छ ।
रुसलाई युक्रेनमा बसेर बरबाद पार्ने नेटो गठबन्धन र अमेरिकी शासकहरुको कुत्सित सपनालाई सुक्ष्म अध्ययन गरिरहेको रुसले युक्रेन माथि विशेष सैन्य कावाही गरेर चकनाचुर पारि दिएको छ । अब यसले विश्व शक्ति सन्तुलनमा अमेरिकी दादागिरीको एक ध्रुवीय अवस्थाको अन्त्य गर्दै बहुध्रुवीय विश्व व्यवस्थालाई पुनःस्थापना गर्ने छ । यसले साना तथा कमजोर राष्ट्र माथिको बलिया राष्ट्रहरुको नियन्त्रण र हस्तक्षेपलाई निस्तेज पार्नेछ । यस कारणले पनि युक्रेन माथि रुसी हस्तक्षेप ऐतिहासिक आवश्यक्ता बन्न गएको थियो । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुरदर्शिता र सुझबुझपूर्ण नेतृत्वमा सम्पन्न गरिदैं छ । ढिलोचाँडो रुसको विजय अवश्मंभावी छ । यसले नयाँ शक्ति केन्द्रको रुपमा रुस, चीन, भारत, उत्तर कोरिया, क्युवा र भेनेजुयला जस्ता साना र ठुला देशलाई विश्व रंगमञ्चमा स्थापित गर्नेछ ।
(लेखकः नेकपा एमाले सिन्धुलीका बरिष्ठ नेता हुनुहुन्छ ।)