प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले आउँदो चैत ५ गते सिन्धुलीमाढीमा चुनाब केन्द्रीत बिशाल आभसभाको आयोजना गरेको छ । आज सिन्धुलीमा सम्वाददाता सम्मेलनको आयोजनागर्दै राप्रपा सिन्धुलीका अध्यक्ष भिष्मराज श्रेष्ठले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, पूर्व अध्यक्ष पशुपति शमशेर जवरा, डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री भुवन पाठक, राजेन्द्र गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य एवम् अभिनेतृ रेखा थापाले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि १४ वटा बिभिन्न उपसमतिहरु गठन गरिएको सम्वाददाता सम्मेलनमा बितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राप्रपाले ५ गतेको आमसभालाई विषेश तयारी गरेको छ । स्मरणीय छ सोही दिन माओवादी अध्यक्ष प्रचण्ड पनि जिल्ला पार्टी कार्यालयको उद्घनटनका लागि सिन्धुली आउँदैछन् ।










