विप्लव समूहको मरिणमा प्रदर्शन

मरिण÷गठबन्धन सरकारले अमेरिकी सहायत परियोजना एमसिी सदनमा टेवल गरेको विरोधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज मरिण गाउँपालिकाको बडिमन बजारमा विरोध प्रर्दशन गरेको छ । नेकपा मरिण पालिका कमिटीको आयोजनामा भएको कार्यक्रमलाई प्रमुअ अतिथिका रुपमा सम्बोधनगर्दै सरकारले एमसिसी पारित गर्न खोजेर राष्ट्रघाती काम गरेको बताएकाछन् । उनले सन १९५० लगायत सबै राष्ट्रघाती असमान सन्धीहरु खारेज गर्न पनि माग गरेका छन् ।
नेकपाका कार्यकर्ताहरुले गठबन्धन सरकार विरुद्ध नाराबाजीगर्दै एमसिसी पारित गरिए प्रतिरोध आन्दोलनलाई चर्काउने उद्घोष गरे ।
उक्त कार्यक्रमको सञ्चालन राजनले गरेका थिए ।