सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए ।

तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । तर कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको उनको भनाइ छ ।

‘अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले बताएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।