बेलघारीमा अनेमसंघको भेला सम्पन्न, २५ कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध अखिल नेपाल महिला संघ तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीमा बालकुमारी काफ्लेको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । २५ जना काङ्ग्रेस कार्यर्ताहरु परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।
अनेमसंघ तीनपाटनका सचिब सारदा खपाङ्गिको अध्यक्षतामा , नेकपा एमाले तीनपाटन गाउँकमिटी अध्यक्ष छत्र दाहालको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला कमिटी सदस्य गोबिन्द राउत, नेकपा एमाले तीनपाटन गाउँकमिटी सचिब तथा गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ, गाउँकमिटी उपसचिव बरुण घिमिरे अनेम संघ तीनपाटनका अध्यक्ष पम्फा पहाडिको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ सिन्धुलिका उपसचिव पोष्टराज काफ्ले , नेकपा एमाले तीनपाटन गाउँकमिटीका सदस्यहरु पोष्टराज भण्डारी, वसन्त पोखरेल , स्काउट तीनपाटनका अध्यक्ष नबराज काफ्ले , वडा कमिटी सचिब सरोज कसाई , वडा सदस्य पार्बती लामिछाने , दुध कुमारि ठकुरिको आतिथ्यता, लगायतका भातृ संगठनका सदस्यहरु , बेलघारिको महिलाहरुको उल्लेखनिय उपस्तिथि थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै गाउँकमिटी उपसचिव बरुण घिमिरेले पञ्चायतकालमै भद्रा घलेले महिलाले बिरासत बनाएको ठाउँ भएकोले महिलाले अग्रसर रुपमा लाग्नु पर्ने बताउनुभयो । त्यस्तै अर्का अतिथी पदममायाँ तामाङले ३३५ वटा अधिकारका नाममा महिलालाई कुण्ठित गरिएकाले , अब महिलाले कार्यकारी ठाउँमा प्रतिनिधितब गर्न दाबी गर्नु पर्ने बताउनु भएको छ ।
त्यस्तै प्रमुख अतिथी छत्र दाहालले माहिलाहरुका हक अधिकारका निम्ति महिलानैं अगाडि बढ्नु पर्ने भएकोले, गाउँगाउँबाट महिला अग्रसर हुनु पर्ने बताउनु भएको छ ।

No description available.
No description available.
No description available.