व्यवस्थित बधशाला बनाउन नागरिक सञ्जालको माग

नागरिक निगरानी सञ्जाल सिन्धुलीले सिन्धुली बजार क्षेत्रमा व्यवस्थित बधशाला बनाउन पुनः कमलामाई नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

सञ्जालका संयोजक बेदराज दाहालले नगर प्रमुख खड्गबहादुर खत्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल बधशाला निर्माण थाल्न माग गरेका हुन् ।

नागरिकको स्वास्थ्य जस्तो जटिल विषयसँग सरोकार राख्ने बधशाला व्यवस्थित बनाउन सञ्जालले २०७५ सालमा पनि नगरपालिकालाई ध्यानाकर्षण गराएको थियो ।