एमालेले थाल्यो स्थानीय तहको चुनावको तयारी, सातै प्रदेशमा प्रशिक्षण

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनावको तयारी थालेको छ।

आफ्नो दबाबमा चुनावको मिति घोषणा भएको दाबी गर्दै एमालेले चुनावका लागि सातै प्रदेशमा प्रशिक्षण आयोजना गर्न लागेको हो।

मंगलबार महासचिव शंखर पोखरेलले पार्टीका तल्ला निकायलाई परिपत्र गर्दै सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने जानकारी दिएका छन्।

दुई दिने कार्यक्रमको अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

प्रशिक्षणमा को को सहभागी हुन पाउँछन्?

क. प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
ख. प्रदेश कमिटी पदाधिकारीहरु
ग. प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
घ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्जरसहइन्चार्जहरु
ङ. प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
च. सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
छ. नेकपा (एमाले)बाट निर्वाचित जि।स।स। प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
ज. नेकपा ९एमाले०बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु
झ. पालिका पार्टी कमिटीका अध्यक्षहरु

प्रशिक्षणका विषयहरुः

क. दसौं राष्ट्रिय महाधिवेशनरविधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
ख. सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
ग. स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु
घ. स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु

कुन प्रदेशमा कहिले प्रशिक्षण?

प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवलरदाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

रिजालका अनुसार प्रशिक्षणको पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म चल्नेछ।