आज (शुक्रबार) देशका विभिन्न स्थानमा कतै सामान्य कतै भारी वर्षा हुने क्रम जारी छ। जसका कारण उच्च पहाडी भेगहरू तथा तल्ला पहाडी भेगका अग्लाअग्ला डाँडामा हिमपात भइरहेको छ।
बिहीबार राति सिमसिमे पानी पर्न थालेदेखि प्रभावित भएको मौसम अझै केही दिन नसुध्रिने मौसमविदहरूले बताएका छन्। एकातिर हिमपात प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनिरहँदा अर्कातिर आन्तरिक पर्यटकका लागि यही हिमपात रमाउने अवसर बनेको छ। अर्थात् हिमपातले कसैलाई सास्ती दिएको छ भने ‘कसैलाई मस्ती’ गर्ने बहाना बनेको छ।
हिमपात भएसँगै देशभरका विभिन्न स्थानमा आन्तरिक पर्यटक रमाउन थालेका छन्। हिउँदे वर्षाका कारण बिरलै हिउँ पर्ने अग्लाअग्ला डाँडाहरूमा समेत हिउँ परेपछि ती ठाउँ झनै रमणीय र मनमोहक बनेका छन्।

.jpg)
.jpg)
.jpg)