स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको हो। बिहीबार १४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ।
त्यस्तै, आज ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ। बिहीबार ३ हजार १६५ जनामा संक्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना निको भएका छन्। केही दिनयता निको हुनेको संख्या बढ्दै गएको छ। जसले गर्दा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको छ।











