कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई निर्वाचनमा विजयी बनेपछि पहिलो पटक आफ्नो गाउँमा आइपुगेपछि स्थानीयले अविर तथा माला लगाएर स्वागत गरेका छन् ।
कमलामाई नगरपालिका वडा नंं १३ काङरिङ पुग्नुभएका नगरप्रमुख खत्रीसहितको टोलीलाई स्थानीयले आफुहरुले गरेको मतदान खेर जान नदिएको भन्दै अबिर तथा माला लगाएर स्वागत गरेका हुन् । आफ्नो ३ लाख तोक आदेशमा निर्माण भएको ३ कोठे पक्की भवनको अनुगमन गर्न पत्रकारहरुको टोलीसहिति पुगेका नगरप्रमुख खत्री ढिलै भएपनि आफ्नो गाउँमा आइदिएकोमा हर्षित भएको ८० वर्षीया बेदमायाँ सुवेदीले बताईन् । उनले भनिन्ः मैंले सूर्य चिन्हमा भोट दिएर उहाँलाई जिताएकी थिएँ, तर त्यसपछि देख्नै पाएकी थिइँन, बल्ल आज भेट गर्न पाएँ, उनले प्रदेशखबरसँग भनिन् । सुवेदी मात्रै होइन, ३३ वर्षीया मिना बिक पनि एमालेले निर्वाचनमा जितेपछि मात्रै गाउँमा मोटरबाटो, बिजुली बलेको र विद्यालय पनि बन्न थालेको बताईन् ।










