३०१ केन्द्रीय सदस्यको नाम सुनाउँदा अधिकांशद्वारा समर्थन, केहीको विरोध

lrtjg, !) dªl;/ . g]kfn sDo'lgi6 kf6L{ -g]skf–Pdfn]_sf] b;f}F dxflwj]zg l/df]6af6 pb3f6g ub}{ kf6L{ cWoIf s]kL zdf{ cf]nL . t:jL/ M k|lbk/fh jGt, /f;;

एमालेको जारी महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातपछि ३०१ केन्द्रीय सदस्यको नाम सुनाउँदा अधिका्श सहभागी प्रतिनिधिहरुले ताली बजाएर स्वागत गरेका छन्।

केही प्रतिनिधि तथा केन्द्रीय सदस्यका आकांक्षीले भने यो सूचीमा आपत्ति जनाउँदै विरोध गरेका छन्।

केन्द्रीय सदस्यहरुको सूचीमा सातै प्रदेशसहित सबै क्लस्टरबाट ओलीले नाम प्रस्ताव गरेका थिए। उनले एमालेभित्र विद्रोही भनेर चिनिने भीम रावल र घनश्याम भुसालको नाम पनि केन्द्रीय सदस्यको सूचीमा समेटेका छन्।

केन्द्रीय सदस्यका केही आकांक्षी भने आफ्नो नाम नआएको भन्दै मञ्चमै चढेर आपत्ति जनाउन पुगेका थिए।