देशभरिमा थपिए २४२ कोरोना संक्रमित, निको हुने ४४४ जना

पछिल्लो २४ घन्टामा देशभरिमा २४२ जना कोरोना संक्रमित थपिएका छन्।

४,१४५ जनामा गरिएको पिसिआर परीक्षणबाट २०९ र २,९९१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९९,९८९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४९५ पुगेको छ।

अहिले देशभरिमा ७,३०३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,८५२ जना होम आइसोलेसनमा र ४५१ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २३४ जनाको आईसियुमा उपचार भइरहँदा ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।