राज्यले महँगी बढाएर वैधानिक रुपमा जनतालाई लुटिरहेको छः बास्तोला

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वैधानिक रुपमा लुटपाट गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले नियम कानुन बनाएर राज्यले वैधानिक बाटोबाट लुटपाट गरिरहेको बताएका हुन्।

‘अहिले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउनु पर्छ। पेट्रोलियम पदार्थको मात्रै कुरा होइन। देशको हरेक क्षेत्रमा मूल्यवृद्धि भएको छ। चिनीमा मूल्य वृद्धि भएको छ। तेलमा मूल्यवृद्धि भएको छ। नुनमा त्यत्तिकै मूल्य वृद्धि भएको छ। चामलमा त्यत्तिकै मूल्यवृद्धि भएको छ। हरेक क्षेत्रको मूल्यवृद्धिको पछाडि राज्यको प्रणाली छ। यो मूल्यवृद्धि तुरुन्त घटाउनु पर्छ,’ उनले भने, ‘राज्यले रुपमा कानुन बनाएर लुटपाट गर्ने, नियम बनाएर लुटपाट गर्ने गरेको छ।’

उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।