प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन्।
नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको बताए। काठमाडौंमा शनिबार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले प्रधानन्यायाधीश जबराले गल्ती गरेको छैन भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशले पनि लिनुपर्ने तर्क गरे।
‘जे गलत निर्णय न्यायालयबाट भयो। त्यसमा सबै न्यायमूर्तिको सहमति थियो नि! ज–जसले सो गल्ती निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नुप¥यो नि! सरकारले महाअभियोग लगाउने हो भने लगाउनुप¥यो। सरकारको जिम्मेवारी हो नि!’ उनले भने, ‘दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन। निश्चय नै प्रधानन्यायाधीशले गल्ती गर्नुभएको भन्दिनँ म। अदालतको अनुसन्धानबाट तथ्य आउला। तर, सरसर्ती हेर्दा अन्य न्यायाधीशले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ।’
नेता रायमाझीले एमसीसी संसद्बाट पारित गर्ने – नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहो¥याए। उनले सरकारले विकास र समृद्धिबारे चासोसमेत नदिएको भन्दै आपत्ति जनाए।