अचानक बेहोस भएका नेकपा(क्रान्तिकारी माओबादी))का पोलिट ब्यूरो सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेललाई आज बिहान सिभिल अस्पतालमा लगेर उपचार गरिए पछि होश खुलेको र स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको परिबार सुत्रबाट थाहा हुन आएको छ ।

कमरेड गजुरेलका आफन्त, पार्टी पंक्ति तथा मित्रहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । गजुरेल बिहान अचानक आफ्नै निवासमा बेहोस भएर लडेका थिए । प्रदेशखबर उनको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ ।