प्रेस चौतारीको जिल्ला भेला कार्तिक ३० गते हुने

प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीको जिल्ला भेला यहि कार्तिक ३० गते हुने भएको छ । आइताबार बसेको प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीको बैठकले यहि कार्तिक ३० गते जिल्ला भेला गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला भेला गर्नका लागि उपसमिति निर्माण समेत गरेको छ । व्यवस्थापन उपसमितिमा द्धारिका काफ्ले, बलविर भुजेल र बासु मौनाली रहेका छन् । आर्थिक व्यवस्थापन उपसमितिमा विनय दाहाल र संकर सौगात, प्रतिवेदन तयार उपसमितिमा विमला पाण्डे र नविनबाबु अधिकारी र पत्रकारीता पुरस्कार उपसमितिमा संजय दाहाल, कृष्ण हरि घिमिरे, रमा कार्की रहेका छन् ।

यस्तै प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीले यहि कार्तिक २८ र २९ गते पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ । सिन्धुलीमाढीमा दुइ दिन पत्रकारिता संचालन गर्ने जिमेवारी प्रेम दाहाललाई दिइएको छ ।

प्रेस चौतारी जिल्ला शाखा सिन्धुलीका संयोजक बुद्द कुमार आछामिको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले सिन्धुलीको प्रचार विभाग प्रमुख प्रलाद पोखरेल, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रेम दाहाल, नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति संजय दाहाल, प्रेस चौतारी नेपाल प्रदेश कमिटि सदस्य संकर सौगात, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य विमला पाण्डे लगाएत प्रेस चौतारी जिल्ला शाखा सिन्धुलीका सदस्यहरुको उपस्थिति रहेको थियो ।