नेतृत्व अलोकतान्त्रिक हुँदा पार्टी कमजोर : नेता सिंह

काग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लोकतान्त्री पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविध गर्दा पार्टी कमजोर भएको आरोप लगाएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको जिकिर गरेका हुन्।

‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नु परेको छ। लोकतान्त्रिक पार्टीभित्र नै अलोकतान्त्रिक गतिविधी भइरहेको छ उनले अगाडि भने, ‘काँग्रेस कमजोर हँुदा कम्युनिष्टहरुले मौका पाए। तर उनीले पाएको मौकामा देश विगार्न तिर लागे। संविधान माथि निरन्तर प्रहार गरे।’

नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनका लागि कांग्रेस नेतृत्वको सरकार बनेको बताए। वर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नु पर्ने उनको सुझाव छ।

१३ औं महाधिवेशन भएको दुई महिना भित्रमा गठन हुनु पर्ने विभागहरु त्यस अनुसार गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको सिंहको दाबी छ।