नेकपा एमाले सुनकोशी गाउँपालिकाका वडाहरुमा आज भएको अधिवेशनले सर्वसम्मत रुपमा वडाअध्यक्षहरु चयन भएकाछन् । आज भएको वडा अधिवेशनबाट क्रमशः वडा नं. १ मा बिनोद कोइराला, वडा नं. २ मा शिशिर गुर्मछान, वडा नं. ३ मा दिनेश आरन, वडा नं. ४ मा अम्बरदीप लामा वडा नंं ५ मा रत्न थापा, वडा नं. ६ मा रमेश दर्लामी र वडा नं. ७ मा लोकवहादुर कार्की सर्वसम्मत रुपमा चयन भएको एमाले वाग्मती प्रदेश कमिटी सदस्य अशोक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडाबाट पालिका अधिवेशनका लागि २० जनाका दरले प्रतिनिधी चयन भएकाछन् ।
धनजंग थापा










