पार्टीलाई माक्र्सवादी लेनिनवादी संगठनात्मक पद्धतिबाट अगाडि बढाउनु पर्छ: थिङ

एमाले कमलामाई नगरपालिका वडा नं. २ को वडाधिवेशनले मंगलसिं स्यांतानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्ष र सचिव र कोषाध्यक्षमा निरवहादुर गौतम, रामहरी श्रेष्ठ, भिमवहादुर दर्लामी रहेकाछन् । त्यसैगरी सम्मेलनले १२ जना प्रतिनिधीसमेत छनोट गरेको छ । कार्यक्रममा अतिथिका रुपमा सम्वोधनगर्दे एमाले वाग्मती प्रदेश कमिटी सदस्य नवराज थिङले पार्टीलाई विधी, पद्धति र प्रक्रियासंगत ढंगले अगाडि बढाउन काम अगाडि बढाउन नब निर्वाचित कमिटीलाई निर्देशन दिनुभयो । उहाँले अगाडि भन्नुभयोःपार्टीलाई माक्र्सवादी लेनिनवादी संगठनात्मक पद्धतिबाट अगाडि बढाउनु पर्छ , तब मात्रै एमालेलाई एक नम्बर पार्टी बनाउन सकिन्छ ।