टिका लगाएर फर्किएकी युवतीको खोलाले बगाएर मृत्यु

सिन्धुलीमा मामा घर टिका लगाएर फर्किने क्रममा एक युवतीको खोलाले बगाएर मृत्यु भएको छ । फिक्कल गाउँपालिका ५ निवासी गण बहादुर भुजेलको २० वर्षिय छोरी सरिता भुजेलको मुत्यु भएको हो । मावली घर फिक्कल ४ खाङ्साङबाट जाङजाङ घर फर्किने क्रममा चाल्ने खोलाले बगाएर मृत्यु भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पावर्ति सुनुवारले बताइन् । उनले बालिकाको शब खोलाले बगाउँदै गरेको अवस्थामा लगभग एक किलोमिटर तल भेटिएको थियो।