ब्लड क्यान्सर पीडित बालिकालाई रिलिफको आर्थिक सहयोग

रिलिफ नेपाल सिन्धुलीले विगत ८ महिना देखी ब्लड क्यान्सर भई उपचार गराई रहेकी ५ बर्षिया बालिकाको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ । कमलामाई नगरपालिका ३ निवासि ५ बर्षिया स्नेया दर्नालको उपचारमा सहयोग गर्न १० हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।
ब्लड क्यान्सर भई हाल कन्ति बाल अस्पतालमा उपचाररत बालीकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न जोखिमपूर्ण अवस्थामा रहेका बालबालीकाहरुलाई आपतकालिन सहयोग गर्न रिलिफ नेपालका कर्मचारी र कार्य समिति सदस्यहरुको संयुक्त रुपमा संचालित ‘बालबालीका मुस्कान कोष’बाट आर्थिक सहयोग प्रदान गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले जानकारी दिनुभयो ।
संस्थाले हाल सम्म जेखिममा रहेका ९ जना बालबालीकालाई यस्तो प्रकारको सहयोग गरेको उहाँले जानकारी दिनुभयो । सवैको साझा प्रयासबाट बालबालिका र परिवारमा मुस्कान ल्याउन सकिने उद्धेश्यले संस्थाले समस्यामा परेका बालबालीकालाई आर्थिक सहयोग गरेको र संस्थाले गर्न सक्ने सहयोग गर्ने उहाँले बताउनुभयो ।


यस्तै संस्थाका लेखा अधिकृत दामोदर पाख्रिनले स्नेयाको उपचारमा सघाउन एक हजार रुपैंया सहयोग गर्नु भएको छ । बालिकाको ज्यान बचाउन सकेको सहयोग गर्न सवैमा परिवारले अपिल गरेको छ ।