ब्यवहारवादी बन्ने नाममा बिचार र सिद्धान्तलाई फाल्तु कामको संज्ञा दिने कामरेडहरु

‘पार्टीको रणनीति र कार्यनीति तय भए पछि कार्यकर्ताहरु नैं सबथोक हुन्थ्यो’ यो प्रसिद्ध भनाई लेनिनको हो ।नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाईको अर्थ बुझ्ने नेता र कार्यकर्ता त पक्कै छन्, तर पार्टीको सबै ठाउँमा चै कति छन् ? यसै भन्न सकिन्न । हाम्रो पार्टी नेकपा (एमाले) को प्रथम विधान महाधिवेसन भरखरै सम्पन्न भएको छ । यसले राजनीतिक,सागाठानिक र विधान शंसोधन प्रस्तावहरु सानदार र सर्वसम्त ढंगले पास गरेको छ । नेपालमा पटक पटक यस्ता भेला,सम्मेलन र महाधिवेसनहरु त सम्पन्न भएकै छन् तर महाधिवेसनले देखाको बाटोमा बढेर आफ्नो लक्ष्य हासिल गर्ने पार्टीहरुको संख्या भन्नलाई निकै गाह्रो छ।तथापी परिणाम नै ल्याउन सक्ने हैसियत भएको पार्टी भने नेकपा(एमाले) मात्रै हो।
तर एमालेमैं पनि ब्यवहारवादी बन्ने नाममा बिचार र सिद्धान्तलाई फाल्तु कामको संज्ञा दिने कामरेडहरुको कमी देखिदैन । यसले पक्कै पनि पैतिस बर्ष एकछत्र राज गरेको पश्चिम बंगालको भारतीय कम्युनिष्ट पार्टी(मार्क्सवादी) हालैको चुनावमा सून्य सिटमा झरेको हृदयविदारक राजनीतिलाई स्मरण गराउनेछ। नेपालका कम्युनिष्टहरुको गिर्दो बैचारिक /राजनीतिक स्तरकै कारण सबै तिर भिडभाडयुक्त जात्रा संगठन बनाउदै लगेको देखिन्छ।सबै तिर जोडतोडका साथ संगठनलाई बेलुन जसरी फुलाउने र अन्तत:फुट्ने र टुक्रिने परम्परा बारम्बार दोहोरिने गरेको छ । यस कारण नेपाली कम्युनिष्टहरुले पश्र्चिम-बंगालबाट पाठ सिकेको देखिदैन।त्यसै कारणले नै होला गत चुनावमा संसदको दुई तिहाई सिट जित्न सफल ने.क.पा(नेकपा) आफ्नो पाँच बर्षे कार्यकाल पुरा गर्नु त कता हो कता एकपल्ट फुट्दा तिन टुक्रा भएको छ ।सायद जन आधारित योजना बनाएर ठिक ढंगले पार्टीलाई चलाएको भए पार्टी झनझन् एकताबद्ध हुदै जान्थ्यो । यो टुक्रिनु पर्ने अबस्था आउने नै थिएन । पार्टीको केन्द्र देखि स्थानीय तहसम्मको नेतृत्व पंक्ती हेर्दा बिचार र ब्यबहारमा निकै नै जटिल समस्याहरु रहेको आभास हुन्छ । यसलाई आगामी महाधिवेसनले ठोस रुपमा हल गर्नु पर्दछ ।
पार्टीलाई गफाडीहरुको अड्डा हैन जन-सेवकहरुको संगठन बनाउन सक्नु पर्छ । यसै सन्दर्भमा क.माओले छलछाम नगर,खुला र श्पष्ट होउ,नफुट एकताबद्ध होउ,मार्क्सवाद लागु गर ,संसोधनवाद होईन भनेको कुरालाई नेपालका कम्युनिष्टहरुले साच्चै नै आत्मसात गरेको खण्डमा नेपालको कम्युनिष्ट आन्दोलनलाई पश्चिम बंगालको मार्क्सवादी पार्टी बन्नबाट जोगाउनका लागि थोरै समय बचेको छ,भन्न सकिन्छ । त्यो कामको नेतृत्व गर्न सक्ने हैसियत नेकपा (एमाले)संग मात्रै छ।त्यसैले नेकपा(एमाले)लाई ,पार्टी भित्र र बाहिरबाट फेरि पनि घेराबन्दी गरेर कमजोर पार्ने दाउपेच चलिरहेको छ।यसलाई कुशल र सचेततापूर्वक परास्त गर्नु पर्छ।
तिकडम ,षडयन्त्र, छलकपट ,बाहुवल र पैसाको बलमा कसैले कम्युनिष्ट पार्टीको नेता बन्छु ,भन्ने सपना नदेखे हुन्छ । सजिलो बेलामा बिचार र संगठनलाई बिपक्षीहरुको पाउमा भेटी चढाएर बस्नेले अप्ठ्यारो बेलामा पार्टीको सहि नेतृत्व गर्लान भन्न सकिदैन।प्रचण्ड र माधब नेपालहरु पार्टीबाट चोईटिएका छन्।तर फेरि पनि मौका आउनासाथ पार्टी भित्र लुकेर बसेको निम्नपुजिवादी ब्यक्तिवादको पर्याय बनेको प्रचण्ड र माकुने प्रवृतिले फेरि पनि एमालेमा गोमन सर्पले जस्तै फणा फिजाएर कतिबेला डस्छ ,भन्न सकिदैन । यसलाई पहिचान गर्न जरुरी छ ।
योजना विहिन ढंगले एक्लै पार्टी हाक्ने चुकेल्यांक जस्तो ‘हिरो,बन्न खोज्नेहरु पार्टी भित्रका धमिराहरु हुन्,जसले पार्टीलाई भित्र भित्रै खोक्रो पार्छन् । अन्तमा सिमित ब्यक्तिहरुको स्वार्थको लागि पार्टीलाई समाप्त पारेर मात्रै माधब नेपाल र प्रचण्डले जस्तै कम्युनिष्ट बिरोधी क्याम्पमा गएर राजनीतिबाट सदाको लागि बिश्राम लिनेछन् । यो रोगको संक्रमणबाट एमालेलाई सिर देखि पुछार सम्मै मुक्त बनाउने क.केपी ओलीको बिचारलाई बैज्ञानिक र जनवादी ढंगले लागु गर्नु पर्दछ। यसले कम्युनिष्ट पार्टी भित्रको गुटबन्दी र बिभाजनको श्रृखलाहरुलाई अन्त गर्दै,एकताबद्ध पार्टी निर्माण गर्ने र विजय प्राप्त गर्ने बाटोको उद्घघाटन गर्नेछ।
नेतृत्व तहमा देखापर्ने ब्यक्ति केन्द्रित गुटबन्दीले आज सम्म नेकपा(एमाले) र अरु समुहमा रहेका कम्युनिष्ट पार्टीहरु बारम्बार फुट र बिभाजनको सिकार बन्ने गरेका छन्। हालसालै भएको ने.क.पा.(नेकपा) र पछिल्लो पटक नेकपा (एमाले)मा देखा परेको फुट प्रचण्ड र माधब नेपालले पद र प्रतिष्ठा संग जोडेर गरेको सिद्धान्तहिन राजनीतिक अपराध थियो ,भन्ने प्रमाणित भएको छ। पार्टीको गाउ ,नगर,जिल्ला र केन्द्रमा देखिने यस्ता समस्याको बेलैमा पहिचान र सहि समाधान गर्न पार्टी एकताको भावनालाई सम्मानजक ढंगले सम्बोधन गर्न जरुरी छ।
नेतृत्वले सानो घेराबाट प्रभावित भएर गरेका निर्णयहरुको कारणले ठुलाठुला दुर्घटनाहरु भएको ईतिहास छ। त्यस प्रकारका दुर्घटनाहरु बाट पार्टीलाई बचाउन सामुहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीको परम्परालाई पुन: स्थापित गर्दै ब्यवहारमा कडाईका साथ पालन गर्ने र आलोचना र आत्मा-लोचनाको परम्परालाई पुन:स्थापित गरेर अघि बढ्ने आट गर्नु पर्छ। लेखक नेकपा एमाले सिन्धुलीका सेक्रेटरी हुनुहुन्छ ।