रिलिफले मनायो १३ औं वार्षिक उत्सव

रिलिफ नेपाल सिन्धुलीले १३ औं वार्षिक उत्सव अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा एक कार्यक्रम गरि मनाएको छ ।
वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले कोभिडको महामारीमा ९० वटा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री सहयोग, ९६४ घर धुरीलाई खाद्यान्न तथा राहत सामग्री वितरण, २००० स्वअध्ययन सामग्री, ५५८० व्यक्तिगत सरसफाइ सामाग्री प्रदान गरेको जानकारी दिनुभयो ।
१२ जनाले निःशुल्क सिप तालिम प्राप्त गरेको, ४०० जनाले वित्तीय साक्षरता कक्षा लिई आम्दानी र खर्चको हिसाब राख्न सक्ने भएको र सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गरेको बताउनुभयो ।
सिन्धुली र मकवानपुरमा ३ वटा विद्यालयमा बालमैत्री भवन निर्माण, ९ वटा विद्यालयहरूमा महिनावारी व्यवस्थापन सुविधा सहित शौचालय निर्माण तथा मर्मत सुधार भएको, ४१ वटा टोलहरू पूर्ण सरसफाइ उन्मुख टोल घोषणाको चरणमा रहेको, ११ वटा विद्यालयमा हात धुने स्थान निर्माण गरेको, १०७० घरधुरीका बालबालिकाहरूमा हात धुने बानीको विकास भएको छ, ५ वटा खानेपानी संरचना मर्मत अघिल्लो वर्षमा गरेको बताउनुभयो ।
साथै १९ वटा बाल क्लब र ३ वटा बाल अधिकार समिति सक्रिय रूपमा काम गरेको,  ५ वटा बालविवाह, बालश्रममा कमी ल्याएको, २ वटा वडा बालमैत्री घोषणा गर्न तयारी अवस्था रहेको समेत उहाँले साधारण सभामा जानकारी दिनुभयो ।
साधारण सभामा प्रमुख अतिथि: प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकसेन ढकाल, जिल्ला समन्वय समितिका प्रतिनिधि राजु कुवर, नेपाल रेडक्रस सोसाइटिका सभापति अशोक श्रेष्ठ, जनकी महिला जागरण समाज धनुषाको अध्यक्ष तुलसा आचार्य , हेल्वेटास सामीका कार्यक्रम अधिकृत भोजराज सुनुवार, वल्ड भिजन इन्टर नेसनल नेपालका पार्टनरसिप मेनेजर हरि उपाध्याय लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष दण्ड गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभाको उद्घाटन सत्र पछि बन्द सत्रमा आ.ब. ०७७/७८ सचिवको प्रगति प्रतिवेदन प्रस्तुति, लेखा परीक्षण,  छलफल तथा अनुमोदन, आर्थिक वर्ष ०७७/७८ कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुति, छलफल तथा अनुमोदन, कार्यसमितिले हाल सम्म गरेका निर्णयहरूलाई अनुमोदन र रिलिफ नेपालको भावी कार्यक्रम सम्बन्धमा छलफल गरिएको थियो ।