लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्नुभएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गर्नुभएको हो । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उहाँले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गर्नुभएको थियो । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गर्नुभएको थियो । त्यसयता मधेस केन्द्रित दलमा रहनुभएको थियो । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उहाँ महन्थ ठाकुर पक्षमा लाग्नुभएको थियो ।
एमाले प्रवेश गर्नुअघि उहाले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्नुभएको थियो ।कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ । ।