आहालेमा एमालेको टोल कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी एमाले वडा नं. ५ आहालेमा टोल कमिटी गठन भएको छ । सञ्जीव रम्तेल अध्यक्ष, महेन्द्र गोले उपाध्यक्ष, इश्वर तोलांगे सचिव र निर्मला गोले सहसचिव रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिपक ओभला शंकर तोलांगे, तीर्थवहादु गोले, हिरा लामा, केशरवहादुर विक र दलवहादुर गोलेसहित १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । नेकपा एमाले कमलामाई नगरकमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले सिन्धुलीका सचिवालय सदस्य कर्ण घिसिंग, जिल्ला कमिटी सदस्यहरु हरि अधिकारी, केदार देवकोटालगायतका नेताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष चुडामणी श्रेष्ठले गरेका थिए ।

May be an image of 8 people and people sitting