हात्तीगौंडामा एमालेको २५ सदस्यीय टोल कमिटी गठन

नेकपा एमाले कमलामाई नगरपालिकाले आफ्नो राजनैतिक तथा साँगठनिक गतिविधीलाई अगाडि बढाएसँगै कमलामाई नगरपालिका वडा नंं १२ को हात्तीगौंडामा २५ सदस्यीय टोल कमिटी गठन भएको छ । एमाले नगरकमिटी इन्चार्ज एवम् जिल्ला उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो टोल कमिटी गठन गरिएको हो । सम्शेरवहादुर स्यांतानको अध्यक्षता, भोजवहादुर गोले उपाध्यक्ष र बिन्दुमायाँ थिंग सचिव रहेको नव गठित समितिको सदस्यहरुमा सुकुमायाँ गोले, केसरवहादुर भुजेल, जीतवहादुर भुजेल बुद्धिवहादुर थिंग, कृष्ण थिंग, जीतवहादुर वाइवा सिर्जना राना र कमलवहादुर थिंगलगायत रहेका छन् ।