नेपालका राजनैतिक दल र नेतृत्वले राजनीतिलाई समाजसेवाका रुपमा स्थापित गराउनै सकेन । बरु उल्टै पेसा र व्यवसायका रुपमा स्थापित भयो । कम्युनिष्ट पार्टीहरुले वर्गीय राजनीतिलाई छोड्दा सिंगो कम्युनिष्ट आन्दोलननैं कमजोर बनिरह्यो । अहिले पार्टीमा लिडरहरुको खडेरी परेको छैन तर लिडरशिपको भने खडेरी परिरहेको छ । देश र जनताका लागि काम गर्ने भनेर स्थापित भएका राजनैतिक दल र नेतृत्वले इमान्दार ढंगल काम नगरिंदिंदा मुलुकमा गंभीर राजनैतिक संकट पैदा भएकोछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका लोकप्रिय एमाले नेता खड्गवहादुर खत्रीसँग यिनै विषयमा केन्द्रीत रहेर सन्देश जनप्रिय साप्ताहिकले गरेको लामो कुराकानीको सम्पादित अंश यहां प्रस्तुत गरिएको छ । सम्पादक
मुलुकको पछिल्लो राजनैतिक घट्नाक्रमलाई कसरी नियाली रहनु भएको छ ?
यतिबेला समग्र मुलुकको राजनीति अन्त्यन्त अन्योल, तरल र संकटपूर्ण अबस्थाबाट गुज्रिइरहेको छ र मुलुकलाई सही दिशा दिने जुन एजेण्डा थियो, शुखी नेपाली सम्वृद्ध नेपाल भन्ने त्यो एजेण्डा बोकेको दल साविकको नेकपा र हालको नेकपा एमालेमा देखिएको बिग्रहले अहिलेको संकट उत्पन्न भएको हो । अहिले प्रमुख दल एमाले मात्रै होइन सत्तासिन गठबन्धनरत सबै दलहरु समस्यामा छन् । दलहरुमा सबस्या आएकै कारणले पनि अहिले मुलुक यो अबस्थामा पुगेको हो । अझ मुल रुपमा भन्ने हो भने राज्यलाई कानून, विधी र पद्धतिका आधारमा बलियो बनाएर लैजानु पर्नेमा संसदलाई आफ्नो स्वार्थ सिद्ध गराउने थलको रुपमा विकास गराईनु र अध्यादेश मार्फत सरकार सञ्चालन गर्ने अबस्थामा पुग्नुले पनि मुलुकको राजनीति अत्यन्त संकटपूर्ण अबस्थाबाट अगाडि बढिरहेको प्रष्टै देखिन्छ । हिजो एमाले अध्यक्ष ओलीको स्वेच्छाचारिता बिरुद्ध अभिएका अहिलेका थठबन्धन दलका नेताहरु स्वयमं अध्यादेशबाट चल्ने अबस्थामा पुगेपछि आम नागरिकमा कम्युनिष्ट पार्टीहरु प्रतिनै बितृष्णा पैदा गराएको छ । यस्तो संकट निम्त्याउने काम राजनैतिक दलहरुबाटै भएकाछन् । आज पनि मुलुकमा २०२१ सालको कानून लागु हुन्छ । मुलुकी ऐन २०२० र २०२८ को कानून लागुहुन्छ । हामीले गणतन्त्र र संघीयता त ल्यायौं तर ती कानूनहरु फेर्न सकेनौं । हाम्रो संविधानले आमाको नाममा नागरिकता पाउनु पर्छ भनेको छ तर अहिलेसम्म कसैले पनि पाउनै सकिरहेका छैनन् । यो अबस्था कसले सिर्जना गरेको हो ? कसले बाधा व्यवधान खडा गरिरहेको छ ? राष्ट्रपति महिला, प्रधानन्यायाधीस महिला, सभामुख महिला, सचिव महिला, मुख्यमन्त्री महिला अनिहुँदा पनि आमाको नामबाट नागरिकता पाउन कसले रोक्यो ? अनि पदमा पुगेका व्यक्तिहरुले मञ्चमा बसेर भाषण गरिरहँदा कस्ले पत्याउने ? जनताको त्याग र बलिदानबाट प्राप्त भएको संघीय गणतन्त्रलाई बलियो बनाउने क्रममा हाम्रा नेतृत्वले लिडरको भूमिका त निर्वाह गर्नुभयो तर लिडरशिप गर्न सक्नुभएन त्यही कारणले अहिलेको राजनीति संकटपूर्ण अबस्थाबाट गुज्रिइरहेको छ ।
नेपालमा अहिले राजनैतिक संकट गहिरिंदै छ, यहाँ त एमालेको पुरानो नेता अब यो बताई दिनुस् कि यसको मुल कारण चाँही के हो जस्तो लागि रहेको छ । ?
राजनीति विश्वका सबै मुलुकहरुमा छन् । सबै दल र त्यसको नेतृत्वले जनता र राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा आफ्ना आसेपासेलाई जात र लिंगका आधारमा काम गरेकै कारण मुलुक अगाडि बढ्न सक्तैन । यसका कैयन उदाहरणहरु छन् । आजसम्म राज्यका तर्फबाट गरिएका नियुक्तीहरुलाई हेर्न सकिन्छ । पार्टी कमिटीमा, सांसद, मन्त्री र अन्य नियुक्तीहरुमा हेर्नुस् यो वा त्यो कोणबाट नामहरु जोडिएर आएकाछन् । पार्टी संगठन मार्फत विधी पद्धतिमा रहेर, योग्यता क्षमता हेरेर कामहरु गरिदिएको भए, आस्था, निष्ठा र प्रतिष्ठाका आधारमा राजनीति गरिदिएको भए अहिले यो अबस्था आउने थिएन ।
आजको राजनीति पद र पैसामा चलेको देखियो । नेपालीमा एउटा उखान छ ‘छोरो पाउनु कहिले कन्दनी बाट्नु अहिल्यौ’ भनेझैं निर्वाचन आउन थ्रपै समय बाँकीछ । पार्टी कमिटीको अधिवेशनहरु हुनै बाँकीछन् सदस्यता नविकरणका कामहरु चलिरहेका छन्, तर फलानो माननीय, अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर र वडाध्यक्ष मात्रै होइन फलानो लाई पार्टीमा यो पद र त्यो पद भनेर बाँढ्ने कामहरु भएकाछन् ।
म पार्टीत रुपमा प्रदेश कमिटीमा पुगेँ, पार्टीले मेयर बनाईदियो । मैंले माथिल्लो कमिटीका नेताहरुको कहिल्यै आलोचना गरिनँ । किनकी उहाँहरुको आलोचना गर्ने मेरो हैसियत होइन । तर पार्टीभित्र अन्तरविरोध चलिरहँदा मैंले देखिरहेको थिएँ कि केही साथीहरु आफ्नै पार्टी नेतृत्वलाई खुईल्याउन र बद्नाम गराउन क्रियाशिल हुनुहुन्थ्यो । पार्टीलाई यो अबस्थासम्म ल्याई पु¥याउन ठूला नेताले ठूलै दुख गरेकाछन् । तर मैंले यहाँ देखिरहेको छुः एमालेलाई एक पटक भोट हाल्दैमा पार्टी सदस्यता पाउँदैमा ठूलो मान्छे हुने ! सामाजिक सञ्जालमा नेतृत्वलाई होच्याएर, खुईल्याएर लेखिरहँदा आफुलाई ठूलै भइएछ भन्ने लाग्दो रहेछ । तर उनीहरुको लेखाईलाई आम पार्टी कार्यर्ता र जनताले हेरिरहेका हुन्छन् भन्ने कुरा ख्यालसम्म नगर्दा रहेछन् । कम्युनिष्ट पार्टीमा आलोचना, अत्मालोचना सबै जायज हुन्छ । तर त्यो कुरा कुन ठाउँमा राख्ने, कसरी राख्ने भन्नेसम्मपनि ख्याल गरिएन । त्यसैले मैंले भन्ने गरेको छु, हावा चल्दा रुखका पातहरु झर्लान, केही हाँगाहरु भाँचिएलान तर सिंगो रुख ढल्दैन । पार्टी र पार्टी नेतृत्व पनि त्यस्तै हुनुहुन्छ । उहाँहरुले गरेका राम्रा कामहरु हराउँदैन, मेटिदैन । त्यो आम पार्टी कार्यकर्ताहरुका बीचमा लोकप्रिय भइरहन्छ । तर अहिलेका कम्युनिष्टहरुले कम्युनिष्ट पार्टी, लेनिनवादी संगठन पद्धति बुझेकै छैनन् । एमालेमा भोट दिएकै भरमा म कम्युनिष्ट भएँ भनेर पहिला कहाँ भन्न सकिन्थ्यो र ! पहिला गाउँमा गएर पार्टी सदस्यता वितरणगर्दा सबैले पत्याएको, इमान्दारमात्रै होइन, उसको समाजमा प्रभाव पनि हेरिन्थ्यो, उसको चरित्र खोतलिन्थ्यो । सबैले पत्योनेलाई पार्टी सदस्यता दिइन्थ्यो तर अहिले त कस्ले बढी फोटो खिच्छ, बिवाहमा, पास्नीमा, मलामी गएका ठाउँमा, मन्दिर, मस्जिद, सिनेमा हलमा, विद्यालयमा, सार्वजनिक स्थलमा, चोक चौतारामा, खेतीवारीमा र विकास निर्माणमा गएर सेल्फी खिच्ने र फलानो र तिलानोको पलहमा यो वा त्यो काम गरियो भनेर प्रचारवाजी गर्नेहरुले पाउने गरेकाछन् । टोल कमिटी, गाउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटीहुँदै अञ्चल कमिटीले संगठित सदस्यता अनुमोदन गरेपछि मात्रै पाइन्थ्यो । तर अहिले जस्लाई जतिबेला मनलाग्यो त्यतिबेलै संगठित सदस्यता दिन थालिएको छ । यस्तो अबस्थाबाट जुन राजनैतिक गतिविधी अगाडि बढिरहेको छ यस्तो संकटपूर्ण अबस्थाबाट अगाडि बढेको कम्युनिष्ट राजनीतिलाई बचाउन जरुरी छ । एमाओवादी केन्द्रको पार्टी सदस्यता धेरै, भोटर कम हुन्थ्यो अहिले हाम्रो पार्टीमा पनि त्यही अबस्था आउँदैछ ।
यो सबै कुरा बताईरहनुको पछाडि अब नेपालमा कम्युनिष्ट पार्टीनैं बाँकी रहेनन् भन्न खोज्नु भएको हो ?
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहाँस हेर्दा भन्नै पर्छ, एकाध बाहेक नेपालका कम्युनिष्ट नेताहरु सामन्त, जमिनदार, डिठ्डा, मुखिया, खरदार र जम्दारका सन्तान नैं हुन् । हामीले केशरजंग रायमाझीको भुमिका पनि देखियो । कमरेड पुष्पलालले लिएको नेपाली क्रान्तिको कार्यभारलाई गद्दार भनेर हिड्नेहरुको अहिलेको अहिलेको अबस्था पनि देखियो । नेकपा माले, एकता केन्द्र मसाल, चौथो महाधिवेशनका नाममा विभाजन भएका नेपाली कम्युनिष्ट आन्दोलन र तीनका नेताहरुको अबस्था मात्रै होइन, १० वर्षे माओवादी जनयुद्धको उठान र बैठानमा विदेशीले खेलेको भूमिका र एमाले माओवादी केन्द्र मिलेर बनेको नेकपाको अबस्थाले पनि नेपाली कम्युनिष्ट आन्दोलनको अबस्था छर्लङ्ग बताउँछ । टुट फुटबाट अगाडि बढेको नेपालका कम्युनिष्ट पार्टीहरु मिल्नु पर्छ र एउटै कम्युनिष्ट पार्टी बन्नुपर्छ भन्ने नेपाली जनताको चाहना थियो । अहिले त्यो चाहनामा कुनै कमी आएको छैन, तर नेतृत्वहरुमा देखिएको पदलोलुपताले सिंगो कम्युनिष्ट आन्दोलननैं कमजोर बनिरहेको छ भने आम जनतामा बितृष्णा पैदा गराएको छ । विचार र सिद्धान्त कम्युनिष्टको तर आचरण, व्यहार र कार्यशैली निम्न पुँजीपति र सामन्त वर्गको देखिएपछि कम्युनिष्ट पार्टीमा लागेकाहरुले नेपालमा अझैं पनि कम्युनिष्टहरु छन् भनेर भन्न सक्ने अबस्थै छैन । कम्युनिष्ट पार्टीले वर्गिय राजनीति गर्ने हो । वर्गपक्षधरतामा आफुलाई उभ्याउने हो तर अहिले हामीले त्यो वर्गपक्षधरता छोडेका छौं । सारलाई होइन, रुपलाई हेर्नेहरुको जमात बलियो बनिरहेको छ । पार्टी र संगठन लहडमा सञ्चालन गर्नेकामहरु भएकाछन् । सानो पार्टी बनाएर जाँदा पत्कालका लागि पद पाइएला, रिस उठेकालाई केही क्षण त ठेगान लगाउन सकिएला तर केही सिमित धेराबाट अनुमोदिन भएर नेता बनिएला तर यस्तो अबस्था आउँछ कि उनीहरु जनताबाट पनि अनुमोदित बन्न पुर्छ ।
नेकपाएमालेमा लामो कालखण्ड बिताउनुभयो, यस बीचमा तपाईलाई नेपालको राजनीति पेशा व्यवसायमा रुपान्तरण भयो भन्ने लागिरहेको छैन ?
तपाईले बडो सान्र्दभिक कुरा गर्नुभयो । मैंले कमलामाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनेक्रममा निर्वाचन कार्यालयमा आफ्नो सम्पति विवरण बुझाएको थियो । मेरो पहिला जस्तो अबस्था थियो त्यसमा कुनै फेरबदल आएको छैन । मैंले कहिल्यै पनि राजनीतिलाई आफ्नो पेशा र व्यवसाय बनाउन सकिनँ । फेरी के सत्य हो भने मैंले राजनीति भन्दा अरु केही पेशा र व्यवसाय अँगाल्ने काम पनि गरेको छैन । तर यहाँ त पहिला हात्तिछाप चप्पल पड्काउँदै हिड्नेहरुको अहिले चालचलन, उठबस सबै फेरिएकाछन् । के साँच्चै उनीहरु आफ्नो सबै तथ्य कुराहरु सार्वजनिक गर्न सक्छन् ? बुर्जुवा पार्टीमा लाग्नेको त कुरै नगरौं । एकदमैं सच्चा क्रान्तिकारी भन्नेहरुका बीचमा अहिले यी कुराहरु लागु भइरहेकाछन् । अहिलेको राजनीति भनेको आस्था, निष्ठा र प्रतिष्ठाको नभएर पद र पैसाका लागि भइरहेको छ । राजनीति विसुद्ध समाजसेवा हो । तर यहाँ त राजनीतिमा लागेर पैसा कमाउने र समाजमा आफुलाई ठूलो मान्छे हुँ भनेर हिंड्नेहरुकै कारण राजनीतिप्रति पछिल्लो पुस्ताको विर्कषण बढिरहेको छ । तसर्थ राजनीतिमा बढेको अपराधिकरण र व्यवसायिकरण बन्द गरेर सुद्धिकरण थालिनु पर्छ ।
भनेपछि नेपालका कम्युनिष्ट नेताहरु पद प्रतिष्ठा र पैसाकै कारण पतनको दिशातर्फ उन्मुख भएका हुन् त ?
नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि तीन वर्षसम्म पार्टीका गतिविधीहरु केही भएन । सदस्य संख्या कति हो ? सदस्यता शुल्क कता हो ? पार्टीको लेवि कता हो ? सबै लथालिंग भए । पार्टी कमिटीहरु भिड जम्मा गर्ने, नेताहरु जाने भाषण गर्ने र हिड्ने भन्दा अरु केही भएनन् । कहाँ गए त्यहाँ रिपोर्टिङ ? कहाँ गए आत्मालोचना ? कहाँ गए कमिटी भित्रका छलफलहरु ? सांगठनिक रुपमा हामी मोटाएका छौं, तर आन्तरिक रुपमा अत्यन्त कमजोर बनिरहेका छौं । पार्टीमा निष्ठा हुन्छ, अनुशासन हुन्छ तर अहिलेको कम्युनिष्ट पार्टी यस्तै कारणले आलोचित बनिरहेकाछन् । एमालेबाट केही साथीहरु बाहिरिनुभएको छ । निर्वाचन आउँदैछ । पार्टी र संगठनलाई कसरी चलायमान बनाउने, कसरी बिभाजित मनहरुलाई जोड्ने र हाम्रा कार्यशैली र व्यवहारहरु कस्तो रहने भन्ने कुरा प्रमुख बनिरहेको छ । विगतको हाम्रो सांगठनिक संरचना, कार्यशैली र यतिवेलाको हाम्रो व्यवहार र कार्यशैलीलाई जनताले मूल्याङ्कन गर्नेछन् । मैंले कम्युनिष्ट पार्टीमा लागेर आफैंले व्यहोरेको छु । २०४९, २०५४, २०६४ र २०७४ सालमा चुनाव लडेको थिएँ ।