राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य तथा सिन्धुली जिल्ला संयोजक कमरेड देवराज वाईबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिक्कलमा पहिलो पटक ठूलो संख्यामा कांग्रेस र एमाओवादी कार्यकर्ता सो पार्टी परित्यागगरी एमालेमा प्रवेश गरेकाहुन् । नवप्रवेशीहरुलाई प्रमुखअतिथी वाइवा र एमाले केन्द्रीय सल्लाहकार सदस्य केशव देवकोटाले अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
भेलालाई सम्बोधनगर्दै प्रमुख अतिथि वाइवाले राष्ट्रिय युवा संघ नेकपा एमालेको मेरुदण्ड रहेको र पार्टीको रक्षकको रुपमा सधै उभिदै आएको बताए । उनले आगामी दिनमा सैद्धान्तिक रुपमा आफुमा रहेको सिर्जनात्मकतालाई उजागर गर्दै आधुनिकतासँग साक्षात्कार हुन र न्यायमुलक र समतामूलक समृद्धसमाज निर्माणका लागि अघि बढ्ने बताए ।
भेलामा विशिष्ट अतिथिहरुले पार्टी निर्माणमा विगतमा युवहरुको बिशेश भुमिका रहेको र अब पनि सही भुमिका निर्वाह गर्न आग्रहगर्दै अवको चुनावमा फिक्कल गाउँपालिका नेकपा एमालेले क्लिन सुईप गर्ने र समृद्ध फिक्कलको अभियानलाई सार्थकता प्रदान गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य धनबहादुर कार्की, सुवास देवकोटा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य गगन थापा, प्रचण्ड खड्कालगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
भेला सुरु हुनु अगाडि सयौंको संख्यामा बाईक ¥याली निकालिएको थियो । भेलाले सर्वसम्मति रुपमा कमरेड शिव बरालको अध्यक्षतामा ६७ सदस्य राष्ट्रिय युवा संघ फिक्कल गाउपालिका कमिटी बनाएको छ ।













