मृतक सन्तोष सार्कीको परिवारलाई एमाले नगर इन्चार्ज श्रेष्ठद्धारा खाद्यान्न र नगद हस्तान्तरण


सिन्धुली÷प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को अगुवाईमा जण्डीस रोगबाट पिडित मृत्यु भएका शिखरटोल ढकालगाउँ निवासी ३६ वर्षीय एमाले कार्यकर्ता सन्तोष सार्कीलाई राहत सामाग्री तथा ३४ हजार २ सय नगद रुपैयाँ बितरण गरिएको छ । गएको असोज ४ गते जण्डिस रोगको उपचारका क्रममा धुलिखेल अस्पतालमा सन्तोषको मृत्यु भएको थियो ।

No description available.
मृतक परिवारलाई नगद ३४ हजार २ सय हस्तान्तरण गर्दै एमाले उपसचिव एवम् नगर इन्चार्ज महेन्द्र देव श्रेष्ठ । फोटोः प्रदेश

४ नम्वर वडा पार्टी कमिटीको संयोजन एवम् एमाले नगरकमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठको पहलमा संकलित खाद्य सामाग्री र नगद रुपैयाँ सन्तोषको घरमैं लगेर हस्तान्तरण गरिएको हो । पार्टी नेता एवम् कार्यकर्ताहरुद्धारा संकलित रकम तथा बिभिन्न खाद्य सामाग्री नगर इन्चार्ज श्रेष्ठले कार्यकर्ताहरुका बीच हस्तान्तरण गरेका थिए । चामल, दाल, तेल, चिउरा, चिनी, सोयाबीनलगायतका खाद्य सामाग्रीहरु हस्तान्तरण गरेपछि मृतक सन्तोषको परिवारमा खुशी छाएको छ ।

No description available.
No description available.
चामलको बोरा बोक्दै नेता श्रेष्ठलगायत एमालेका स्थानीय कार्यकर्ताहरु ।
No description available.