प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको भेटघाटमा समसामयिक विषयका सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थपाले जानकारी दिए ।
यसैबीच ओलीसँग छलफल चलिरहेका बेला प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेकपाका अर्का अध्यक्ष प्रचण्ड केही समय अगाडि पुग्नु भएको थाहा लागेको छ ।