आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो।
सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको हो।
संविधान दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लगायत विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको छ।
यो दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ।











