स्वास्थ्यमन्त्री कटुवालद्धारा तीनपाटन शिक्षा क्याम्पस भवनको उद्घाटन

बाग्मती प्रदेशसका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक समारोहका बीच तीनपाटन गाउँपालिकाको भिमस्थामा रहेको शिक्षा क्याम्पसको नबनिर्मित भवनको आज उद्घाटन गरेकाछन् । क्याम्पस सञ्चालक समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री कटुवालले भिमस्थान र बेलघारीसँग आफ्नो निकै पुरानो सम्बन्ध रहेको स्मरणगर्दै आफ्नो तर्फबाट यस क्षेत्रको विकासका लागि सँधै लागिरहने बताएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष छत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा तीनपाटन गाउँपालिका अध्यक्ष कर्णवहादुर मगर, कांग्रेसका नेता विश्वनाथ कोइराला, एमाले नेतृ मञ्जु दाहालm वडाध्यक्षहरु हेमवहादुर श्रेष्ठ र गोविन्द राउतलगायत स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।