बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले नेकपा एमालेलाई विखण्डन गरेर नेता माधवकुमार नेपालले ठूलो गल्ती गरेकाएको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधनगर्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताउनुभएको हो । उहाँले एमालेलाई विखढडन गरेर आफ्नो स्वार्थ पुरा गराउन खोज्नेहरुको कहिल्यै स्वार्थ पुरा नहुने बताउँदै नेता नेपालएकोले पार्टी र नेपाली जनतालाई धोखा दिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौं तर अहिले हामीले आफ्नो व्यक्तिगत भन्दा पनि आम जनताका कामहरुलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौं । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै सिन्धुली जिल्लामा १४ वटा स्वास्थ्य चौकी थप गर्ने विषयमा आफु सकारात्मक रहेको खुलासा समेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी, उमा कोइराला, बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्का, प्रदेश कमिटी सदस्यहरु केशव देवकोटा, खड्गवहादुर खत्री, कौशल कोइराला, जिल्ला सचिव शान्तिमान कार्की र उपसचिव महेन्द्रदेव श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।












