विश्वभर अहिले कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । महामारिको यस विपत समयमा नेपाल सरकाले विगत १ महिनादेखि लकडाउन गरेलगत्तै मुलुककै ठूला मध्येका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारहरुको तलब नदिएपछि आज पत्रकार महासंघले विज्ञप्ती मार्फत अविलम्ब भुक्तानी दिन भनेको छ । कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा.लि., एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा अन्नपूर्ण मिडिया ग्रुपसहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघ दबाबपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्ती जस्ताको तस्तै :
मिति : २०७७।०१।११
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७७ वैशाख ११ गते सम्पन्न भयो ।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित पारिरहेको सन्दर्भमा आमसञ्चारकर्मीहरुले उच्च जोखिमका बीच जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको ¥यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ ।
कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा.लि., एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा अन्नपूर्ण मिडिया ग्रुपसहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ दबाबपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह गर्दछ ।
श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।
महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्यतथ्य समाचार सम्प्रेषण गर्न महासंघ आव्हान गर्दछ ।
रमेश विष्ट
महासचिव