पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त जनमतको खिल्ली उडाएको र फोहोरी खेल खेलेको समेत आरोप लगाएका छन् ।
पूर्वराजा शाहले राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन रोएको भन्दै यिनीहरूबाट अब कुनै आशा बाँकी नरहेको बताएका छन् ।
