धेरै स्थानमा मध्यम वर्षा हुने

देशभरको मौसम शुक्रबार सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य वदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।