एमसिसी उपाध्यक्षको टोलीले आज प्रधानमन्त्री तथा माओवादी अध्यक्षसहितलाई भेट्ने

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर, उर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गर्दैछ।

बिहीबार नेपाल आएको सुमारसहितको टोलीले त्यस लगत्तैदेखि भेटवार्ता थालेको हो । बिहीबार उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेतासँग भेटवार्ता गरेको हो ।

भेटमा सुमारले एमसिसीलाई लिएर भइरहेको विवादको सन्दर्भमा स्पष्ट पार्ने प्रयास गरेको नेताहरुले बताएका छन् ।

सत्तामा हुँदा एमसिसी पारित गराउने प्रयासमा लागेका एमाले अध्यक्ष ओलीले अहिले आफूहरु प्रतिपक्षमा रहेको र सत्ताको आधिकारिक धारणा आएपछि मात्रै प्रतिक्रिया दिन सक्ने बताएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँगको भेटमा पनि सुमारले प्रष्ट गरेकी थिइन् ।