सिन्धुली जिल्ला सदरमुकामा फेरी भारतीय तरकारी भित्रिएको छ । आज विहान कमलामाई नगरपालिकाले विभिन्न तरकारी पसलेलाई विक्रीका लागि वितरण गरेको तरकारीहरु नियन्त्रणमा लिएको हो ।



नगरपालिकाका कृषि शाखा प्रमुख देवी सापकोटाका अनुसार १ क्वीन्टल भारतीय काउली र खोर्सानी आज विभिन्न पसलबाट बरामद गरिएको हो । बरामद गरिएका तरकारीलाई ल्याण्डफिल साइटमा लगेर नष्ट गरिने छ । यसैबीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले कमलामाई नगरपालिका क्षेत्रमा भारतीय तरकारी तथा फलफुल विक्री बिरणमा गरिएको निषेधलाई कडाइका साथ लागु गरिने बताउनु भएको छ ।











