ओम शान्ति हेल्थकेयर अस्पतालका डाक्टरको लापरवाहीपछि मृत्यु भएको ७ महिने वालक युनिक तामाङको परिवारलाई क्षतिपूर्ति बापतको रकम दिएर समस्या सामाधान गर्न भन्दै फरार रहेका अस्पताल सञ्चालक भुवन कटुवालका सहोदर दाई एमव् निर्माण व्ववसायी पवन कटुवाल भिमस्थान अस्पतालमा पुगेका छन् । अस्पताल परिसरमा रहेका मृतकाका आफन्तजनले दिएको जानकारी अनुसार डेढ लाख रुपैयाँमा मिल्न पवनले अहिले दबाब दिइएको छ । यस वारे थप विवरण आउन बाँकी छ ।