नेपाल कम्युनिष्ट पार्टी मरिण पालिका कमिटी सिन्धुलीले आज एक कार्यक्रमका बीच १८ औं विशाल–कुमार स्मृति दिवश मनाएको छ । एमाले मरिण गाउँपालिका अध्यक्ष हरि स्याङतानको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मन्त्री कैलास ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशाल कुमारले आमूल परिवर्तनका लागि गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कमलजंग राई, उमा कोइराला, सहिद पत्नी एवम् नेकपा एमालेकी वाग्मती प्रदेश कमिटी सदस्य निरु दर्लामी (शिला), एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवाल, बाग्मती प्रदेश सदस्य डरम्वर कार्की, गणेश बुढाथोकी, गोविन्दलाल माझी लगायतले सम्वोधन गर्नुभएको थियो ।
(फोटो फिचर)
















