अहिलेसम्म ४३ हजार ७ सय २२ को परीक्षण

स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ४३ हजार ७ सय २२ वटा कुल परीक्षण भएको जानकारी दिएको छ।

गत चौबीस घन्टामा ३ हजार ३ सय ५ वटा परीक्षण भएको हो।

पिसिआरबाट ९ हजार १ सय ९९ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ३४ हजार ५ सय २३ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै हाल देशभर १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल ८६ जना रहेको जसमा उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर ८२ जना रहेको उनले जानकारी दिए।

यस्तै उनले रेडजोनमा देशभर २ सय ७८ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा ९ जना रेड जोनमा परेका हुन्।