बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।










